एमसीसीमा सत्ता गठबन्धनको छेपारे प्रवृत्ति देखियोः अध्यक्ष ओली(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले अमेरिकी सहयोग परियोजना(एमसीसी) अनुमोदनका लागि सत्ता गठबन्धनले छेपारे प्रवृत्ति देखाएको आरोप लगाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सत्ता गठबन्धनले दोहोरो चरित्र देखाएको आरोप लगाएका हुन् ।

उनले भने,‘निहित स्वार्थसहित सत्ता गठबन्धनबाट चालिएका चालको पटाक्षेप भएको छ । यसक्रममा अनेक भ्रम फिँजाइएको थियो। दुई पक्षीय या बहुपक्षीय लगानीमा एक पक्षीय घोषणा गरिएको छ। व्याख्यात्मक घोषणाका नाममा सत्ता सञ्चालकको छेपारे प्रवृत्ति उदांगो भएको छ।’

उनले संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्वको विषयमा निर्णय गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको बताए । उनले बलमिच्याइँ गर्ने सभामुखको व्यवहार अत्याचारपूर्ण रहेकोसमेत बताए ।

उनले भने,‘सभामुखको बलमिचाई आपत्तिजनक छ । सभामुख दल विशेषको आज्ञा मानिरहनुभएको छ । कुनै दलले निस्कासित गरेका संसद्लाई उहाँले दल विभाजन गर्न सहयोग गर्नुभएको छ । यसले उहाँ पदमा रहन उचित छैन।’ अध्यक्ष ओलीले अब एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *