एमसीसीबारे धारणा राख्न एकीकृत समाजवादीको पत्रकार सम्मेलन

काठमाडौं, फागुन १७ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ । पत्रकार सम्मेलनमा एमसीसी लगायतका समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ ।

खासगरी प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछिको राजनीतिक परिस्थितिबारे र एमसीसी अनुमोदन गर्नुको कारणबारे धारणा राख्न अध्यक्ष नेपालले आजको पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *