सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौं, फागुन १५ । पाँच दलिय सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जसपाको अध्यक्ष उपेन्द्र यावद लगायतका नेताहरु पनि उपस्थित छन् ।

बैठकमा एमसीसी लगायतको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । आज विहान प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी पूर्वस्थायी कमिटि सदस्यहरुको बैठकबाट एमसीसीको पक्षमा माओवादी खुलेर लाग्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *