विश्व हिन्दू युवा संघको चितवनको देवघाटमा राष्ट्रिय भेला सुरु

भरतपुर । विश्व हिन्दू यूवा संघको राष्ट्रिय भेला चितवनको देवघाटमा सुरु भएको छ । देवघाटको बागेश्वरी आश्रममा आइतबार सुरु भएको भेलाको विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष  अधिकारीले मौलिक ज्ञान र संस्कृति संरक्षणमा चूनौती देखिएको बताए । मौलिक ज्ञान र संस्कृति जोगाउन देशव्यापी अभियान चलाउनुपर्नेमा उनले जोड दिए। शिक्षा विद् विद्यानाथ कोइरालाले पञ्चभाषा विश्वविद्यालय स्थापना गर्न पहल गर्नुपर्ने बताए । पाकृत, पाली, संस्कृति, नेपाली र जापानीज भाषाको पढाई हुने गरी पञ्चभाषा विश्वविद्यालय चलाउन सके नेपालको ज्ञान सीपलाई अन्र्तराष्ट्रियकरण गर्न सकिने अधिकारीले थपे ।

महासंघका केन्द्रीय सदस्य टंकनाथ पौडेलले धर्म, संस्कृति संरक्षण तथा सम्बर्धन गर्न तीनै तहका सरकारले चासो दिनुपर्ने बताउए । विश्व हिन्दु यूवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेशजंग शाहले जनताको नियन्त्रणमा नेपालको राजनीति पर्न नसकेको दुखेसो पोखे । विदेशी शक्तिले सत्ता फेरबदल गरिदिने र आँफु अनुकुलका योजनाहरु लागु गर्ने थलोका रुपमा नेपाल उपयोग हुन थालेको बताए । उनले पार्टी, गुट, धर्म र सम्प्रदायमाथि उठेर राष्ट्रिय एकतामा सबै जोडिनुपर्ने धारणा राखे ।

भोली (सोमबार) सकिने भेलामा देशभरका ५ सय युवाहरु सहभागि छन् । हिन्दु यूवा संघले पञ्चभाषा विश्वविद्यालय, रैथाने विश्वविद्यालय, वास्तुकला विश्वविद्यालय, पञ्चगव्य अध्ययन अनुसन्धान केन्द्रं, गोरक्षनाथ विश्वविद्यालय स्थापना गर्न यूवाहरुलाई एकिकृत गर्ने योजना अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *