बालुवाटारमा गठबन्धनको बैठक बस्दै

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक आज पुनः बस्न लागेको छ । अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन अहिले विहान १० बजे बैठक बस्न लागेको हो। आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

आजको बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चाहाना छ । प्रधानमन्त्री देउवाले बिहीबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगसमेत छलफल गरेका छन् । छलफलमा संसद्को गतिरोध अन्त्य गरी एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन ओलीसंगआग्रह गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने दलहरुबीच सहमति भएपछि मात्र टेबल गर्नुपर्ने अडान लिदै आएका छन् । यसअघि शुक्रबार बसेको गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको थियो। बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार प्रतिनिधिसभामा एमसीसी टेबुल हुन सकेको थिएन्।

एकीकृत समाजवादीले संसद्मा जारी अवरोध हटाउनुपर्ने सर्त अघि सार्दै एमसीसी संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *