थप ४३७ जनामा कोरोना संक्रमण, २ को मृत्यु, २,४५४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७५१३२ पुगेको छ । त्यस्तै २४५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९४८७८४ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११,९१३ पुगेको छ । क्वारेन्टाइनमा १०९ जना छन् भने आइसोलेसनमा १४,४३५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *