एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगबारे छलफल हुने जनाइएको छ ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा एमालेले प्रतिरोध गर्ने निर्णय गरिसकको छ ।

आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले महाअभियोगको प्रस्तावलाई षड्यन्त्रपूर्ण ठहर गरेको छ । एमालेले महाअभियोग लगाएर स्थानीय तहको निर्वाचन सार्न खोजेको दाबी गर्दै आएको छ । सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *