काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध सत्ता गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेपछि त्यसबारे छलफल गर्न भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बसिरहेको हो ।
महाभियोग प्रकरणबारे पार्टीको दृष्टिकोण बनाउन बैठक बोलाइएको हो । एमालेले सोमबार बिहाहन ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सहभागी हुन एमालेले सांसदलाई आज बेलुकासम्म काठमाडौं आइपुग्न निर्देशनसमेत जारी गरेको छ।