प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते पोखरामा हुने

काठमाडौं । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा हुने भएको छ । काठमाडौँमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षताम बसेको बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *