थ्री-स्टारसँग बराबरी खेलेसँगै मनाङको उपाधि यात्रामा धक्का

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र थ्री-स्टार क्लबले बराबरी खेलेका छन् । शनिबार बेलुकी सम्पन्न खेलमा मनाङ र थ्री-स्टारले १-१ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै मनाङको उपाधि यात्रामा ठूलो धक्का लागेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङको लागि दयानन्द सिंहले गोल गर्दा स्टारको लागि ऋतिक खड्काले गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ बराबरीमा रोकिन बाध्य भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए ।

७२ औं मिनेटमा रितिकले गोल गर्दै थ्री-स्टारलाई खेलमा फर्काए । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढेका हुन् । बराबरीसँगै मनाङ १० खेलबाट २० अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट १७ अङ्क जोडेको स्टार चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *