एजेन्सी । युवा फरवार्ड कालियन एम्बाप्पेको गोलको सहयोगमा पीएसजीले फ्रेन्च लिग वानमा जीत हात पारेको छ । शुक्रबार राति भएको खेलमा रेन्नेसलाई १-० गोलले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रालाई १५ खेलसम्म लम्ब्याएको हो ।
पार्क डेस प्रिन्सेसमा भएको खेलको दोस्रो हाफको इन्जुरी समयमा मेस्सीको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई जीत दिलाएका हुन् । जीतसँगै पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेलेमाथि १६ अङ्कको अग्रता लिएको छ ।
हाल पीएसजी २४ खेलबाट ५९ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ भने पराजित रेन्नेस समान खेलबाट ३७ अङ्क जोड्दै पाँचौ स्थानमा छ ।