१८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने

काठमाडौं । सरकारले १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूरा मात्रा खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरेको छ । मन्त्रालयले बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरु, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *