इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा

एजेन्सी । इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनल खेलमा रोमालाई २-० गोलले पराजित गर्दै इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्टाडियो गिउसेप्पे मेज्जामा भएको खेलमा इन्टरलाई जित दिलाउन इडेन डिजेको र एलेक्सिस सान्चेजले एक/एक गोल गरे । पहिलो हाफको दोस्रो मिनेटमै पेरेसिकको पासमा डिजेकोले गोल गर्दै इन्टरलाई खेलमा अगाडि बढाएका थिए ।

६८ औं मिनेटमा डार्मिनको पासमा सान्चेजले गोल गर्दै इन्टरलाई २-० गोलको जीत दिलाए । जीतसँगै इन्टर सेमिफाइनलमा प्रवेश गर्दा रोमा प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *