प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित

काठमाडौँ । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । संसद सचिवालयका अनुसार सरकारको आग्रहमा भोलिको लागि तय भएको बैठक फागुन २ गतेसम्मको लागि स्थगित गरिएको हो ।

आजमात्रै संघीय संसद सचिवालयले भोलिको बैठकको लागि भन्दै संभावित कार्यसूचीसमेत सार्वजनिक गरेको थियो । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्मा पेस गर्न राजनीतिक सहमति नभएपछि सरकारले छलफलका लागि भोलिको बैठक सार्न संसद सचिवालयलाई आग्रह गरेको थियो ।

एमसीसी अघि बढाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग कानुनमन्त्री दीलेन्द्र बडूले छलफल पनि गरेका थिए । यसअघि पनि विभिन्न मितिको लागि बैठक तय हुने गरी पनि बस्दै नबसी स्थगित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *