चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि ३८ प्रहरी परिचालन

काठमाडौं । हिउँ खेल्न गएर चन्द्रागिरिमा हराएका पाँच जनालाई प्रहरीले आईतबार मध्यराती उद्धार गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिमा हिउँ खेल्न गएर हराएका एकै परिवारका पाँच जनालाई मध्यरातमा उद्धार गरेको हो ।

परिवारको सम्पर्कमा अबेरसम्म नआएपछि उद्धारका प्रहरीलाई खवर गरिएको थियो । हराएकाहरुको खोजी गर्न ३८ जनाको टोली खटिएको प्रहरीले जनाएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए।

‘उद्धार गरिएकाहरुमा २३ वर्षकी रिता गुरूङ, १५ वर्षकी सौभाग्य गुरूङ, १३ वर्षका सहज गुरूङ, ११ वर्षकी जेनिसा गुरूङ र ७ वर्षका एनवीन गुरूङ रहेका छन् । उनीहरुलाई प्रहरीले राति १ बजे फेला पारेको थियो । सकुशल उद्धारपछि उनीहरूलाई आफन्तलाई जिम्मा लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *