काठमाडौं। निर्वाचन आयोगले प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको प्रस्तावमाथी सरकारले आज मिति तोक्ने सम्भावना देखिएको छ । आयोगले जेठ ४ गतेको प्रस्ताव गरकोमा त्यसैलाई आधार बनाएर सरकारले निर्वाचनको मिति सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई चौतर्फी दबाब परिरहेका बेला आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोक्न सक्ने आकंलन गरिएको छ ।
आयोगले सिफारिस गरेको मितिबारे अध्ययन तथा छलफलपछि चुनावको मिति तोक्ने तयारीमा सरकार पुगेको देखिन्छ । निर्वाचनकै तयारी अनुसार गृह मन्त्रालयले रायसहितको प्रतिवदेन बुझाईसकको छ ।
मन्त्रिपरिषदको बैठकले २०७९ ४ जेठ मा स्थानीय चुनावको मिति राष्ट्रपति समक्ष सिफारिश गर्ने तयारी भएको हो । उक्त मितिको घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तयारी गरिएको बुझिएको छ ।
बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषदको बैठकमा चुनावको मितिको एजेन्डा तयारी अवस्थामा छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने तत्काल चुनावको घोषणा गर्न रोक्न खोजिरहेका छन् । उनीहरु चुनाव केही पर धकेल्न खोजिरहेका छन् ।
प्रचण्ड र नेपालको चाहना विपरित देउवाले चुनावतर्फ देशलाई लान खोजेपछि गठबन्धनभित्र टकराव बढिसकेको छ ।