‘आरआरआर’ मार्च २५ मा रिलिज हुने

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर मार्च २५ मा रिलिज हुने भएको छ। यसअघि जनवरी ७ लाई रिलिज मिति तोकिएपनि कोरोना महामारीका कारण रिलिज हुन सकेको थिएन्।

ठूलो लगानीमा निर्माण गरिएको दाबी गरेको आरआरआरको अन्य फिल्मको रिलिज डेट हेरेर नयाँ रिलिज डेट सार्वजनिक गरिएको छ । फिल्मको एसएस राजामौलीले निर्देशन गरेका छन् ।

फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारले अभिनय गरेका छन्। यो फिल्म हिन्दी, तामिल, तेलुगू, मलयालम र कन्नडमा पनि रिलिज हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *