पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या

काठमाडौं । पोर्चुगलको कृषि फार्ममा काम गर्दै आएका एक नेपाली युवाले आत्महत्या गरेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका विगत तीन वर्षदेखि पोर्चुगलमा काम गर्दै आएका ३८ वर्षीय तर्कराज भट्टले बिहिबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।युवकले आत्महत्या गरेका हुन्।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अनुसार मृतक भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए। उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे। भट्टको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *