जनसंख्याभन्दा मतदाता धेरै

काभ्रे। जिल्लाको विकट मानिने चौंरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्याभन्दा मतदाता धेरै भएको तथ्याङ्क सार्वजनिक भएको छ । अन्य केही पालिकामा जनसंख्या र मतदाताको संख्या झिनो अंकले फरक देखिएको छ । जनगणनामाथि प्रश्न उठिरहेका बेला जनगणनाको भन्दा र मतदाताको संख्या धेरै देखिएको हो ।

बुधबार सार्वजनिक भएको प्रारम्भिक नतिजाअनुसार तीनवटा पालिकामा कायम भएको जनसख्ंयाभन्दा धेरै जिल्ला निर्वाचन कार्यालय काभ्रेको मतदाता नामावलीमा १८ वर्ष पुगेका फोटोसहितको विवरणमा समावेश भएका नागरिकको संख्या धेरै देखिएको हो ।

चौंरीदेउराली गाउँपालिकामा २०७८ को जनसंख्यामा १४ हजार १ सय ६ रहेको छ । २०६८ मा २० हजार ८ सय ९२ रहेको थियो । २०७४ को निर्वाचनमा १४ हजार ५ सय ३९ मतदाता रहेका थिए । २०७८ पुस मसान्तसम्म जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा फोटोसहितको नाम समावेश गर्ने १८ वर्षमाथिका १९ हजार ७ सय ५१ जना छन् । जनसंख्या र मतदाताबीचको अन्तर ५ हजार ६ सय ४५ रहेको छ ।

१८ वर्षमाथिका नागरिकको तथ्याङ्कमा यति धेरै फरक छ भने त्योभन्दा कम उमेरको जनसंख्याको हिसाब नै देखिँदैन । तथ्याङ्क कार्यालयले मतदाता र जनगणना फरक विषय भएकाले अक्सर बसोबासमा गणना भएको बताएको छ । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *