निजी क्षेत्रको लगानी भित्राउन मधेश सरकार प्रयासरतः मुख्यमन्त्री राउत

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको लगानी भित्राउन प्रदेश सरकार हरसम्भव प्रयास गरिरहेकोे बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानी बिना प्रदेशको विकास सम्भव नरहेकोले निजी क्षेत्रको लगानी भित्राउन प्रदेश सरकार प्रयासरत रहेको बताए ।

प्रदेश सरकारले ल्याएको उद्योग एनले उद्योगी व्यवसायीहरुलाई मधेशमा लगानी सहज बनाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले एक साता भित्रै नियमावली आउन लागेको जानकारी समेत दिए । कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले निजी क्षेत्रको लगानी आकर्षित गर्न मधेश सरकारले छिट्टै लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *