१२ हजार थान नक्कली मास्कसहित काठमाडौंबाट चार जना पक्राउ

काठमाडौं । प्रहरीले १२ हजार थान नक्कली मास्कसहित काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा अमेरिकन ब्रान्ड ’थ्री एम’ मास्कको लोगो प्रयोग भएको नक्कली मास्क बिक्रीवितरण भइरहेको सूचनाको आधारमा प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज र अनसेट सप्लायर्समा छापा मारेर चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भएका महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक बुद्धिबहादुर कार्की, भोटेबहाल बस्ने श्रयान्स लावती, सङ्खुवासभाको सभापोखरी घर भइ सातदोबाटो बस्ने मुक्तिप्रसाद पोखरेल र भारतको राजस्थानका यश अग्रवाल रहेका छन् ।

बरामद मास्कसहित उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *