फुटबलका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरी प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्ति लिएको आरोपमा खड्काविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानमा खड्काले भारतको माध्यमिक शिक्षा परिषद वाराणशी उत्तरप्रदेशबाट जारी भएको आईएको नक्कली प्रमाण पत्र पेस गरी भर्ना भएको देखिएको आयोगले जनाएको छ । खड्का २०५५ साल कात्तिक १ गते असईमा भर्ना भएका थिए। उनी महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत थिए । उनी हाल भने सेवा निवृत्त भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *