आजदेखि ललितपुर महानगरपालिका ५ दिनका लागि बन्द

काठमाडौं। कोरोना संक्रमण बढेपछि ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द गरिएको छ। महानगरपालिकाले सूचना जारी गर्दै सेवा बन्द गरिएको जानकारी गराएको छ ।

महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण भएपछि आज (सोमबार)देखि ५ दिनका लागि महानगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ।

‘धेरैजसो कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले आजदेखि शुक्रवारसम्म महानगरपालिका बन्द रहनेछ,’ सूचनामा भनिएको छ, ‘महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगर प्रहरीले दिने सेवा भने सञ्चालनमै रहनेछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *