प्रचण्ड पत्निलाई कोरोना संक्रमण, मेडिसिटीमा भर्ना

काठमाडौं। नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल । (प्रचण्ड) पत्नि सीता दाहाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएकी उनलाई आज विहान आएको परिक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्यमा जटिलता महशुस भएपछि दाहाललाई शनिबार राती नै मेडिसिटीमा भर्ना गरिएको थियो । आज विहान आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो । उनलाई निमोनियासहितको स्वास्थय समस्या रहेको जनाईएको छ । अध्यक्ष प्रचण्डलाई भने यसअघि नै संक्रमण पुष्टि भैसकेको थियो । हाल उनी संक्रमण मुक्त भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *