बेइजिङले भन्यो -चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यावहारिक

पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ ।

वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले भने, ‘अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ। हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौं ।’

बाइडेन प्रशासनले कोभिड–१९ को कारण जनाउँदै केही अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडानहरू स्थगित गरेको थियो । चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि शुरु हुन्छ र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स कम्पनी र एयर चाइनाका उडानहरू त्यसमा पर्नेछन् ।

चीनले भर्खरै कोभिड–१९ सङ्क्रमित यात्रुहरूको बृद्धिको कारण आफ्नो देशमा जाने केही अमेरिकी उडानहरू रद्द गरेको बताएको छ । चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको बारम्बार आपत्तिको बाबजुद ४४ यात्रु उडान निलम्बित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *