गठबन्धनको बैठक बस्दै, आज स्थानीय तहको निर्वाचनको मिति तय हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।​ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा स्थानीय तहको निर्वाचनको मिति तय गर्ने लगायतका बिषयमा छलफल हुने जनाईएको छ ।

यसअघि मंगलवार बसेको बैठकले मिति तय गर्न नसकेपछि आजलाई बैठक बोलाईएको हो । निर्वाचन आयोगको निरन्तरको दबाबपछि सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरू स्थानीय तहको निर्वाचन ५ जेठअघि नै गर्न तयार भएका हुन् । ५ जेठ २०७९ बाट स्थानीय तहतर्फ निर्वाचित जनप्रतिनिधिको पदावधि सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *