भ्वाइस किड्स सिजन १ को उपाधि जेनिशलाई

काठमाडौं । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीले जितेका छन् । शनिबार भएको ग्रान्ड फिनालीमा आठजना प्रतिस्पर्धीलाई उछिन्दै झापाका जेनिश पहिलो भएक हुन् । जेनिश पहिलो सिजनको द भ्वाइस किड्सका बिजेता बनेसँगै १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *