नेपालले अफगानिस्तानलाई आइतबार मानवीय सहायता सामग्री पठाउने

काठमाडौं । सरकारले नेपाली जनताकातर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।

आइतबार बिहान हिमालय एयरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिने कार्यक्रम छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *