ए डिभिजन लिगमा आज दुई खेल

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् ।

खेल दिउँसो १ बजे शुरु हुनेछ । प्रतियोगिताको एकमात्र जीतविहिन टोली फ्रेन्ड्स आजको खेल जित्दै लिगमा पहिलो जित निकाल्न चाहन्छ । हाल फ्रेन्ड्स ८ खेलबाट ३ अङ्क जोड्दै लिगको पुछारमा छ । त्रिभुवन आर्मी समान खेलबाट १४ अङ्कको साथ चौथो स्थानमा छ ।

यस्तै आजै हुने दोस्रो खेलमा थ्री-स्टार क्लब र संकटा क्लब प्रतिस्पर्धा गर्नेछन् । खेल बेलुकी ४:४५ बजे शुरु हुनेछ । स्टार ८ खेलबाट १३ अङ्कको साथ पाँचौ स्थानमा छ भने समान खेलबाट १४ अङ्क जोडेको संकटा तेस्रो स्थानमा छ । संकटा आजको खेल जित्दै दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग अङ्क दुरि घटाउन चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *