नेकपा एमालेको नयाँ कीर्तिमान

काठमाडौं। प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ। २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो।

त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो। त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिए।

यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका सबै बैठकमा अवरोध गरिरहेको छ। बिहीबारसम्म दुवै अधिवेशन गरे र ८३ दिन पुगिसकेको छ।

नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन्। विघटनपछि पुनःस्र्थापित प्रतिनिधि सभाको नवौँ र १०औँ अधिवेशनमा पनि एमालेको अवरोध जारी छ। यो समाचार गोरखापत्र दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *