ललिता निवास प्रकरणको मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको उद्देश्य के ?

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले ललिता निवास जग्गा प्रकरणको मुद्दा फासफुस पार्ने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार सामाजिक संजालमर्फत रावलले अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्ने भन्दै अन्यथा सरकार अपराधको मतियार ठहरिने बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्छ।अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *