नाकाका पाँच जना स्वास्थ्यकर्मी नै संक्रमित

बाँके । नाकामा रहेको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् । भारतबाट आएका नेपालीको कोरोना परीक्षण गर्दा गर्दै पाँच जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा पठाइएको छ ।

नाकामा अरू स्वास्थ्यकर्मीले परीक्षण गरिरहेका छन् । नाकामा जनशक्ति अभाव हुन नदिन पालिकाहरूमा रहेका ल्याब टेक्निसियनलाई नाकाका पठाउने निर्णय भएको छ ।

नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखा परिरहेको छ । भारतका विभिन्न शहरबाट आएका ठूलो संख्याका मानिसलाई भीडकै बीचमा कोरोना परीक्षण गर्ने गरिन्छ । भीड व्यवस्थित नहुँदा नै स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् ।

नेपालगञ्ज नाकामा मंगलबार मात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ । ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । भारतमा ओमिक्रोनको संक्रमण बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । पुष्टि भएका सबैमा ओमिक्रोन देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *