उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश

काठमाडौं। कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसीसी) बैठकले मङ्गलबार राति १२ बजे बाट लागू हुने गरी उक्त मापदण्डको पालनामा अनिवार्य गरेको हो ।

गृह मन्त्रालयको सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी सर्वसाधारणका लागि १८ बुँदे आदेशसमेत जारी गरिएको आजको समाचार गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *