ललितानिवास जग्गा हिनामिनाः अनुसन्धान कमजोर भएको ठहरसहित फाइल फिर्ता

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले ललितानिवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणसम्बन्धी किर्ते मुद्दामा प्रहरीको अनुसन्धान कमजोर भएको ठहर गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिखत किर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंलाई गत बिहीबार प्रतिवेदन बुझाएको थियो।

कार्यालयले लिखत किर्ते मुद्दा चलाउन पर्याप्त आधार नपुगेको भन्दै प्रमाण अझै बलियो बनाउन सोमबार निर्देशन गरेको हो।निर्देशनसहित थप अनुसन्धान गर्न प्रतिवेदन फाइल फिर्ता पठाउनु नियमित प्रक्रियाजस्तै भएको कार्यालयले जनाएको छ । सिआइबीले तीन सयजनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरेको छ।

प्रतिवेदन अध्ययन गरेर कसलाई मुद्दा चलाउने, नचलाउने भन्ने निक्र्योल सरकारी वकिलको कार्यालयले गर्नुपर्छ। सिआइबीले लिखत किर्ते गर्नेहरूलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइसकेको छ । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *