काठमाडौं । त्रिभुवन आर्मी फूटबल क्लबका मिडफिल्डर जगजित श्रेष्ठ मौरिसिस विरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि प्रारम्भिक टोलीमा समावेश भएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जगजितलाई प्रारम्भिक टोलीमा समावेश गरेका हुन् ।
यस्तै अल्मुताइरीले च्यासल युथ क्लबका आशिष राईलाईपनि टोलीमा समावेश गर्दा आर्मीका सन्तोष तामाङ बाहिरिएका छन् । सन्तोष चोटको कारण बाहिरिएको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको छ । नेपालले आगामी माघ १५ र १८ गते दशरथ रंगशालामा मोरिसिसविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
छनोटमा पर्ने नेपाली टोलीमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट र बिमल घर्तिमगर रहेका छन् ।
त्यसैगरी, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रत्न छुन्जु, मनिष डाँगी, नवीन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, जगजित श्रेष्ठ , सुवास गुरुङ, सुदीप गुरुङ, आशिष राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशील राई र तेज तामाङ रहेका छन् ।