गभर्नरमाथि अर्थमन्त्रीलाई असफल पार्न खोजेको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रसांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागिपरेको आरोप लगाएका छन् ।

आइतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा सांसद मोदीले गभर्नर अधिकारी अर्थमन्त्री शर्मालाई असफल बनाउने प्रयासमा लागेको आरोप लगाएका हुन् ।

उनले माओवादीबाट मन्त्री बन्नु भएका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भन्दै गभर्नरलाई प्रश्न गरेका थिए । सांसद मोदीले पहुँचवालालाई बैंकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आपत्ति जनाए ।

सांसद मोदीयले यस्तो आरोप लगाएपछि त्यसको प्रतिवाद गर्दै गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने भनाई गलत भएको बताए । उनले कर्मचारीहरुले त्यस्तो खालको सोचाई कहिल्यै नराख्ने तर्क गरे । गभर्नर अधिकारीले आफूहरुले बुझाउन नसकेका कारण मिडियाहरुले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *