यति र ओम्नीपछि आसेपासे पूँजीवादको कुरूप अनुहारका रूपमा बतास देखापर्योः भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यति र ओम्नीपछि आसेपासे पूँजीवादको कुरूप अनुहारका रूपमा बतास देखापरेको बताएका छन् । आइतबार सामाजिक संजालमार्फत भट्टराईले नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट बनाउन बतास समूहलाई दिएको विषयमा यस्तो बताएका हुन् ।

उनले भने, ‘हिजो यति,ओम्नी पछि आज बतासको रूपमा आसेपासे पूँजीवाद(क्रोनी क्यापिटालिज्म)को कुरूप अनुहार देखापर्नु देशमा पहिलेको रूपान्तरणकारी राजनीति अहिले सत्ता राजनीतिमा पतन हुनुको परिणाम हो ! जबसम्म मुहान(राजनीति) संग्लिदैन तबसम्म निकास संग्लिदैन है ! मुहान सफा गरौं;राजनीतिक सफाइ अभियानमा लागौं!’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *