प्रधानमन्त्रीले डाके सबै सचिवहरुलाई सिंहदरबारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका सचिवहरुसँग आज छलफल गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न ३ बजेमा छलफल हुन लागेका हुन् ।

छलफलपछि प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ । छलफलमा अन्तर मन्त्रालय समन्वय, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *