गण्डकीमा एमालेद्वारा उम्मेदवारी दर्ता

गण्डकी । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा लीला थनेतले मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यसका लागि आज सबै प्रदेशहरुमा मनोनयन दर्ताको दिन तोकिएको हो । गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारलाई उम्मेदवार बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *