राष्ट्रियसभा उम्मेदवार चयन गर्न काँग्रेसको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा उम्मेदवार चयन गर्न नेपाली कांंग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने तय भएको बैठकबाट राष्ट्रिय सभा उम्मेदवार तय हुनेछन् ।

१४ औं महाधिवेशनपछि कांग्रेसले आज दोस्रो पटक केन्द्रीय समितिको बैठक डाकेको छ ।
पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो । आजको बैठकमा शनिबार र आइतबार मनोनित गरेका १३ जना केन्द्रीय सदस्य पनि सहभागी हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *