USAID

प्रेस चौतारीद्वारा स्वर्गीय पत्रकार नानीराम नेपाल आश्रित परिवारलाई ११ लाख सहयोग

काठमाडौँ । कलिलो उमेरमा मृत्यु भएका प्रेस चौतारी नेपालका सहसंयोजक तथा नेपाल पत्रकार महासंघका सहसचिव नानीराम नेपालको आश्रित परिवारलाई ११ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाल र प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपालले सो रकम नानीरामको परिवारलाई हस्तारण गरेका हुन् ।

प्रेस चौतारी सिन्धुपाल्चोकको संयोजनमा संकलित रकम स्वर्गीय पत्रकारको बालबच्चालाई पठनपाठनका लागि सहयोग गरिएको हो । दुई सय जना व्यक्ति तथा संघसंस्थाले सहयोग गरेको रकम एकमुष्टरुपमा शनिबार पत्रकार नेपालकै गाउँमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा चौतारीका वरिष्ठउपाध्यक्ष माधव नेपालले संगठनले एक असल योद्धा गुमाएकोमा दुःख व्यक्त गरेका थिए । उनको आश्रित परिवारका लागि चौतारी सिन्धुपाल्चोकले गरेको यो अभियानको नेपालले प्रशंसा पनि गरेका थिए ।

स्वर्गीय पत्रकार नानीराम नेपालको परिवारलाई सहयोग गर्ने मध्ये सबैभन्दा बढी व्यक्तिगतरुपमा राप्रपा जिल्ला अध्यक्ष नीलध्वज थापाले ५० हजार र संस्थागतरुपमा नेकपा एमाले बलेफी गाउँ कमिटीले एकलाख रुपैयाँ सहयोग गरेका थिए ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *