USAID

पोप फ्रान्सिद्वारा शान्ति र महिलामाथिको हिंसा रोक्न आग्रह

पोप फ्रान्सिसले महिलामाथि हुने हिंसालाई भगवानमाथिको अपमान भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शनिबार दिएको सन्देशमा पोपले समस्त विश्व समुदायमा शान्तिका लागि आग्रह गरेका छन् ।

‘सेन्ट पिटर्स स्क्वायर’ मा भेला भएका अनुयायीहरूको भीडलाई सम्बोधन गर्दै उनले उनीहरूको बैचारिक नेतृत्व शान्ति कायम गर्नका लागि आग्रह गरे । अपोस्टलिक दरबारको झ्यालबाट घमाइलो आकाशमुनि बोल्दै पोपले भने, “शान्ति, शान्ति, शान्ति सोचेर घर जाऔं । हामीलाई शान्ति चाहिन्छ ।”

डिसेम्बर १७ मा ८५ वर्ष पुगेका पोपले आफ्ना अनुयायीहरूलाई सबैभन्दा कमजोर व्यक्तिहरूतर्फ ध्यान दिनु, अरूलाई क्षमा दिनु र न्यायलाई बढवा दिनुजस्ता शान्तिको लागि ‘ठोस कार्यहरू’ गर्नुपर्ने सुझाव दिए । “निराश हुनु वा गनगन गर्नु बेकार हो । शान्ति स्थापना गर्न हामीले आफ्नो नङ्ग्रा खियाउनुपर्छ ।”

उनले भने, “चर्च आमा हो, चर्च महिला हो । अनि आमाहरूले जीवन प्रदान गर्ने र महिलाहरूले संसारलाई ‘संरक्षण’ गर्ने भएकोले हामी सबैले आमाको सम्मान गर्न र महिलाहरूको सुरक्षा गर्न अझ बढी प्रयास गरौं।”

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *