विकास निर्माणमा राजनीति होइन, सहकार्य गर्ने हो : श्रममन्त्री श्रेष्ठ

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको विकास निर्माणमा आफू दिनरात नभनी लागेको बताएका छन् । तनहुँको भानु नगरपालिका–३ चाम्बासमा शनिबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सबै क्षेत्रको विकासका आफू लागि परेको बताए ।

“विकास निर्माणमा कसैलाई पनि भेदभाव गर्दिन, सबै क्षेत्रमा समानुपातिक हिसाबले काम गर्छु”, मन्त्री श्रेष्ठले भने, “विकास निर्माणमा राजनीति गर्ने होइन, सहकार्य गर्ने हो ।”

मन्त्री श्रेष्ठले चाम्बासमा रिङरोड निर्माणका लागि यसै वर्ष बजेट विनियोजन गराउने आश्वास दिए । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि यस क्षेत्रमा धेरै विकासका काम भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि विकास निर्माणमै मुख्य ध्यान रहने बताए ।

“विकास निर्माणको सवालमा सबै दलबीच सहमति गरेर अगाडि बढ्नुपर्छ, यसबीचमा धेरै काम भएका छन्”, मन्त्री श्रेष्ठले भने, “आगामी दिनमा पनि विकास निर्माणका लागि दत्तचित्त भएर लाग्नेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *