राष्ट्रिय हित र सुरक्षा पहिलो प्राथमिकताः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको दृढतापूर्वक र निरन्तर रक्षा गरेको बताएका छन् । नयाँवर्ष सन् २०२२ को पहिलो सम्बोधनका क्रममा पुटिनले आफू एकताका कारण यो गर्न सक्षम भएको बताए ।

उनले भने, ‘हामीले ठूला चुनौतीहरूको सामना गर्यौं र जटिल समस्याहरू समाधान गर्न यस्तो कठोर परिस्थितिमा बाँच्न सिक्यौं। हामी हाम्रो एकताका कारण यो गर्न सक्षम भयौं। सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि हामीले विगत वर्षका सबै कठिनाइहरू सँगै पार गर्यौं । अझै धेरै नसुल्झेका समस्याहरू छन् त्यसलाई सुल्झाउँनुपर्ने छ। ’

नयाँ वर्ष मनाउँदै गर्दा यसले नयाँ अवसरहरू खोल्ने उनले बताए । सम्बोधन मन्तव्यमा राष्ट्रपतिले कोभिड–१९ महामारीमा आफ्ना प्रियजन गुमाएकाहरुप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *