USAID

थ्री-स्टारको दोस्रो जीत

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा थ्री-स्टार क्लबले जीत हात पारेको छ । शनिबार दिउँसो भएको खेलमा जावलाखेल युथ क्लबलाई २-१ गोलले पराजित गर्दै थ्री-स्टारले लिगमा दोस्रो जीत निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री-स्टालाई जीत दिलाउन आयुष घलान र रितिक कुमार खड्काले समान एक/एक गोल गरे । जावलाखेलको लागि निकलोस फर्नान्डेजले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै थ्री-स्टारलाई खेलमा अगाडि बढाएका थिए । २६ औं मिनेटमा रितिक कुमार खड्काले गोल गर्दै थ्री-स्टारको अग्रता दोब्बर बनाए । ५५ औं मिनेटमा निकलोस फर्नान्डेजले गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर बाँकी समयमा थप गोल गर्न नसक्दा थ्री-स्टार २-१ गोलले विजयी भयो । यसअघिका तीन खेलमा थ्री-स्टारले बराबरी खेलेको थियो । जीतसँगै थ्री-स्टार ७ खेलबाट १० अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित जावलाखेल समान खेलबाट ७ अङ्कको साथ नवौं स्थानमा यथावत छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *