USAID

पोखरा रंगशालामा आज मनाङ दोस्रो खेल खेल्दै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । मनाङ आजको खेल जित्दै एएफसी कप छनोट खेल्ने सम्भावना जीवित राख्न चाहन्छ । छैटौं चरणको खेलमा मछिन्द्र क्लबसँग १-० गोलले पराजित भएसँगै मनाङको छनोट खेल खेल्ने सम्भावना कठिन बनेको थियो । हाल मनाङ ६ खेलबाट १३ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

आजको खेलमा मनाङले जीत निकाले लिगको शिर्ष स्थानमा उक्लिनेछ भने छनोट खेलको लागि छनोट हुन आइतबार नेपाल पुलिस क्लब विरुद्ध हुने मछिन्द्रको खेल पर्खिनुपर्नेछ । भोलि हुने खेलमा मछिन्द्रले अङ्क गुमाएको खण्डमा मात्र मनाङको छनोटको ढोका खुल्नेछ । अन्यथा मछिन्द्रले एएफसी कप छनोट खेल्नेछ । मछिन्द्र समान खेलबाट १४ अङ्कको साथ शिर्ष स्थानमा छ ।

यता ब्रीगेडपनि आजको खेल जित्दै रेलिगेसन क्षेत्रबाट बाहिर निस्किन चाहन्छ । हाल ब्रिगेड ६ खेलबाट ५ अंक जोड्दै लिगको १२ औं स्थानमा रहेको छ । पछिल्लो खेलमा संकटा क्लबसँग ३-० गोलले पराजित भएको ब्रिगेड आजको खेलमा सकारात्मक नतिजाको अपेक्षामा रहेको छ । ब्रिगेडले लिगको ६ खेल मध्य १ खेल जित्दा २ खेलमा बराबरी र ३ खेलमा हारको नतिजा निकालेको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *