ओमिक्रोन संक्रमणका कारण विश्वमा एकैदिन २८ सय उडान रद्द

कोरोनाभाइरसको ओमिक्रोन संस्करणले एयरलाइन्सहरूमा कर्मचारी अभावको कारण बिहीबार विश्वभर २८ सय भन्दा बढी उडानहरू रद्द भएका छन् भने झन्डै १२ हजार भन्दा बढीको उडानमा विलम्ब भएको ट्रयाकिङ वेबसाइट फ्लाइटअवेयरले देखाएको छ ।

“हामी २ जनवरी २०२२ भन्दा पहिले निर्धारित गैर–आवश्यक यात्रा गर्ने यात्रुहरूलाई हाम्रो लचिलो ट्राभल नीति प्रयोग गरी आफ्नो यात्रालाई पछिको मितिमा परिवर्तन गर्न विचार गर्न दृढताका साथ आग्रह गर्दछौं,“ जेटब्लुले विज्ञप्तिमा यात्रुहरूलाई अनावश्यक उडानहरू पुनः तालिकाबद्ध गर्ने बारे सोच्न प्रोत्साहित गर्दै उक्त आग्रह गरेको छ ।

ओमिक्रोन भेरियन्टले संयुक्त राज्य अमेरिकालाई नराम्ररी प्रभावित पारेको र जाडो मौसमले थप उडानहरू रद्द गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *