USAID

तस्वीरमा तमू ल्होसार

काठमाडौं । तमू (गुरुङ) समुदायले बिहीबार तमू ल्होसार पर्व मनाएका छन् । यस पटकको आफ्नो महान् चाड तमू ल्होसार ‘ल्वों ल्हो’ (गाई वर्ग) वर्षको बिदाइ तथा ‘तो ल्हो’ (बाघ वर्ग) वर्षको स्वागत गरी मनाइरहेका छन् । ल्होसार चाड विशेष गरी भोट बर्मेली समुदायका मानिसहरूले मनाउने महान् चाड हो । यो चाड नेपालमा मात्र नभएर विश्वका अन्य मुलुकहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा यो समुदायले मनाउने ल्होसारहरूमा तमू ल्होसार, (तोला ल्होसार), सोनाम ल्होसार र ग्याल्बो ल्होसार हुन् । यीमध्ये तमू ल्होसारको आफ्नै विशिष्ट इतिहास र परम्परा रहेको छ । पर्वका अवसरमा बिहीबार काठमाडौंमा गुरुङ समुदायका विभिन्न क्षेत्रका झाँकी र्यालीहरु प्रदर्शन गरिएको थियो भने विभिन्न विधाका विशिष्ट व्यक्तिहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका थिए ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *