माओवादी महाधिवेशनः कार्यकारी पदमा दुईपटक मात्र र ७० वर्षे उमेरहदको सुझाव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने र कार्यकारी पदमा एकै व्यक्ति दुईपटक बढी बस्न नपाउने विषय जोडदार रूपले उठाएका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेस गरेको विधान संशोधनमा प्रस्तावमा समूहगत छलफलपश्चात् सुझाव दिँदै नेताहरूले यस्तो विषय उठाएका हुन् ।

दस्तावेजमा विभिन्न २५ समूहमा छलफल भएको थियो । त्यसमध्ये बुधबार ११ समूहले समूहगत छलफलको सुझाव पेस गर्दै कार्यकारी पदमा दुईपटक बढी बस्न नपाइने व्यवस्थासमेत विधानमा गर्नुपर्ने सुझाव दिएका छन् ।

माओवादीले ११ पुसदेखि १५ पुसमा महाधिवेशन सम्पन्न गर्ने जनाएको थियो । तर, छलफल लम्बिएसँगै निर्धारित समयमै महाधिवेशन सम्पन्न नहुने संकेत देखिएको छ । समूहगत रूपमा आएका सुझाव समेटेर प्रतिवेदन पारित गरे पनि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *