माओवादी महाधिवेशन उद्घाटनमा सबै राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं, पुस ११। नेकपा (माओवादी केन्द्र)ले आज उद्घाटन हुने महाधिवेशन समारोहमा सबै राजनीतिक पार्टीका नेतृत्वलाई निमन्त्रणा गरेको छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको माओवादी केन्द्रले महाधिवेशनको उद्घाटनसत्र आज अपराह्न ३ बजेबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरु गर्दैछ ।

राष्ट्रिय सम्मेलनमा कुनैपनि पार्टीलाई आमन्त्रण नगर्ने निर्णयमा पुगेको माओवादी केन्द्रले महाधिवेशन भनिसकेपछि उद्घाटन समारोहमा सबै राजनीतिक नेतृत्वलाई निमन्त्रणा गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *